२०८२ असार १७ गते, मंगलवार १५:१३

काठमाडौं-

टर्कीका गृहमन्त्री अली येर्लिकायाले टर्कीका सुरक्षा बलहरूले हालैका राष्ट्रव्यापी कारबाहीहरूमा इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध रहेको आशंकामा २१० जना व्यक्तिहरूलाई पक्राउ गरेको बताउनुभएको छ । अंकारा र इस्तानबुलसहित ४९ प्रान्तहरूमा विगत दुई हप्तामा यी कारबाहीहरू सञ्चालन गरिएको थियो ।

आतंकवाद विरुद्ध एकता, ऐक्यवद्धता र सहयोग आफूहरुको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भयो । टर्की सरकारले २०१३ मा आईएसलाई आतंकवादी संगठनको रूपमा तोकेको थियो । टर्की प्रहरीले देशभर यसका सदस्यहरू विरुद्ध नियमित रूपमा आतंकवाद विरोधी कारबाहीहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस