२०८२ असार १७ गते, मंगलवार ०१:३७

काठमाडौँ-

भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

शनिवार नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दुतावासको अगाडि प्रदर्शन गरेको हो । आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नआतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै पाकिस्तानी दुतावास अघि प्रदर्शन भएको छ । उनीहरुले हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतंकवाद मुर्दातावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस