२०८२ असार १७ गते, मंगलवार ०१:३८

धनुषा-

धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकृत भएको भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति धनुषाको बट्टेश्वर गाउँपालिका वडा नं. ५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मण्डलले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास–महोत्तरी र सीआईबी, काठमाडौँको अधिकृत कर्मचारी भएको झुटो परिचय दिँदै मानसिक दबाब दिने, धाकधम्की देखाउने र त्यसबाट व्यक्तिगत लाभ लिन खोज्ने गरेका थिए।

इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले वैशाख ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका वडा नं. ३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीले आज जारी गरेको विज्ञप्तिमा पक्राउ परेका मण्डललाई ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको उल्लेख छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस