२०८२ असार १७ गते, मंगलवार ०१:२३

काठमाडौँ-

काठमाडौँको बानेश्वरमा आइतबार प्रहरी र आन्दोलनरत शिक्षकहरूबीच झडप भएको छ। प्रहरीको घेरा तोडेर अगाडि बढ्ने प्रयास गरेपछि शिक्षकहरू र प्रहरीबीच झडप भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

एसपी बोहराका अनुसार शिक्षकहरू आक्रामक भएपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको थियो, जसका कारण ७ जना शिक्षक घाइते भएका छन्। घाइतेहरूको थप विवरण संकलन भइरहेको र केही प्रहरीलाई पनि चोट लागेको उनले जानकारी दिए।

प्रहरीले एक जना शिक्षकलाई नियन्त्रणमा लिएको छ। हाल बानेश्वरको स्थिति सामान्य रहेको एसपी बोहराले बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस