२०८२ असार १६ गते, सोमबार २३:०२

जनकपुरधाम-

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताउनुभएको छ ।

लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताउनु भयो । उहाँले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने रहेको बताउनु भयो । उहाँले मधेसी शक्तिहरुबीच विभाजनको खेल हुन नदिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले मधेसवादी दलहरुको लक्ष्य एकीकृत हुने रहे पनि जनता समाजावादी पार्टी, नेपालमा सोही उद्देश्यले रहेको भएपनि राष्ट्रिय अध्यक्ष (उपेन्द्र यादव) को हेपाइका कारण छोड्नुपरेको बताउनु भयो ।

वरिष्ठ नेता भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीमा आन्दोलनबाट आएका धेरै नेताहरु भएको र महाधिवेशनबाट उनीहरुलाई कामको जिम्मेवारी दिनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस