२०८२ असार १७ गते, मंगलवार १२:४६

सङ्खुवासभा-

सङ्खुवासभाको मकालु गाउँपालिका–३, कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्। वर्षासँगै परेको चट्याङका कारण जङ्गलमा चराउन लगिएका भैँसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

प्रहरी निरीक्षक लामिछानेका अनुसार चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका १७ वटा भैँसी मरेका हुन्। यो घटनाबाट रू. १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३५ किलोमिटर पैदल दूरीमा रहेको बताइएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस