२०८२ असार १७ गते, मंगलवार १२:४०

काठमाडौं

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमवार डिसेम्बरमा पूर्व सिरियाली राष्ट्रपति बसर अल–असदको पतनपछि टर्कीमा रहेका २ लाख सिरियाली शरणार्थीहरू सिरिया फर्किएका छन् । टर्कीको आप्रवासन व्यवस्थापन मोडेल सम्बन्धी एक बैठकमा बोल्दै एर्दोगानले सोही अवधिमा विभिन्न देशहरूबाट घर फर्किएका सिरियालीहरूको कुल संख्या ९ लाख ३१ हजार ४ सय ५० पुगेको बताउनु भयो ।

टर्कीमा हाल ४० लाख आप्रवासीहरू छन् । जसमा २८ लाख सिरियालीहरू अस्थायी सुरक्षामा छन् । सन् २०११ मा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियालीहरू आफ्नो देशबाट भागेका थिए । सिरियासँग लामो सीमाना बाँड्ने टर्की, संकटको चरम सीमामा ३६ लाखभन्दा बढी सिरियालीहरूलाई आश्रय दिने प्रमुख शरणार्थी बनेको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस