२०८२ असार १७ गते, मंगलवार १२:४१

काठमाडौं

जकार्ता–बान्डुङ हाई–स्पीड रेल्वे स्थानीय रूपमा हूश भनेर चिनिने अक्टोबर १७, २०२३ मा शुरु भएदेखि आईतवारसम्म ९ मिलियन यात्रुहरू ओसारपसार गरेको छ । इण्डोनेसियाली र चिनियाँ कम्पनीहरू बीचको संयुक्त उद्यम कन्सोर्टियम जसले सोमवार रेल्वे निर्माण र सञ्चालन गर्ने घोषणा ग¥यो । आईतवारसम्म, हूशले ४.११ मिलियन किलोमिटर भन्दा बढी कभर गरी कुल २६ हजार १६८ रेल यात्राहरू सञ्चालन गरेको थियो ।

जकार्ता र बान्डुङ्ग बीचको प्रमुख यातायात लिंकको रूपमा हूशले लोकप्रियता प्राप्त गरेको छ । हाल कम्पनीले दैनिक ६२ रेल सेवाहरू सञ्चालन गर्दछ । उच्चतम एक दिनको यात्रु संख्या २४ हजार ३५० पुगेको छ । चीन र इण्डोनेसियाद्वारा संयुक्त रूपमा विकसित हूश उच्च–गति रेल्वे १४२.३ किलोमिटर फैलिएको छ र अधिकतम ३५० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्दछ, जकार्ता र बान्डुङ्ग बीचको यात्रा समय तीन घण्टाबाट ४६ मिनेटमा घटाउँछ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस