२०८२ असार १७ गते, मंगलवार १३:०८

काठमाडौं

उत्तर गाजामा सयौं प्यालेस्टिनी महिला र बालबालिकाले सोमवार उत्तरी गाजाको बेइत लाहिया शहरमा सडकमा बिरोध प्रदर्शन गरेका छन् । इजरायली सैन्य आक्रमण र सहायता नाकाबन्दी तत्काल अन्त्य गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । विनाशकारी क्षेत्रहरूमा हिँडेका प्रदर्शनकारीहरूले अरबी भाषामा लेखिएका प्लेकार्डहरू बोकेका थिए । इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ ।

इजरायली स्वास्थ्य अधिकारीहरूले सोमवार बताएअनुसार नयाँ इजरायली आक्रमणबाट अहिलेसम्म २ हजार २ सय २२ प्यालेस्टिनीको मृत्यु भएको छ । ५ हजार ७ सय ५१ जना घाइते भएका छन् । अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५२ हजार ३ सय १४ पुगेको छ भने १ लाख १७ हजार ७ सय ९२ जना घाइते भएका छन् ।

नियर इस्टमा प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र संघको राहत तथा कार्य एजेन्सीले इजरायली नाकाबन्दीको निरन्तरताका कारण गाजामा यसको पीठोको आपूर्ति समाप्त भएको र जीवन बचाउने सहायता भरिएका लगभग ३ हजार ट्रकहरू सीमामा अलपत्र परेको बताएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस