२०८२ आश्विन २० गते, सोमबार १५:५९

 गगन थापाविरुद्ध अवहेलना मुद्दा सर्वोच्चको इजलासमा, आज सुनुवाइ हुने

sf7df8f}F, @* kmfu'g M dxfdGqL yfkf k|ltlglw;efsf ;f+;b tyf g]kfnL sf+u|];sf dxfdGqL uugs'df/ yfkf cgfdgu/df cfOtaf/ g]kfn cfly{s kqsf/ ;dfh - ;]hg_ n] cfof]hgf u/]sf] …jt{dfg ;/sf/sf] casf] cfly{s k|fyldstfÚ ljifos cGt/lqmof sfo{qmddf dGtJo /fVg'x'Fb} . tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौं-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ। उक्त इजलासमा आज १४ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ, जसमध्ये थापाको अवहेलना मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले गत आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गराएका थिए। थापाले गत बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी ५२ वटा मुद्दालाई सर्वोच्च अदालतले किनारा नलगाएर ‘डिल’ गरिरहेको अभिव्यक्ति दिएका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका नियुक्तिहरूलाई दुई–तीन वर्षदेखि अदालतले झुलाएर राखेको र यसले न्यायालयको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका थिए।

अधिवक्ताहरूले थापाको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गर्दै कारबाहीको माग गरेका छन्। मुद्दाको सुनुवाइ आज कामु प्रधानन्यायाधीश मल्ल र न्यायाधीश पाण्डेयको इजलासमा हुँदैछ। यो प्रकरणले न्यायालयको स्वतन्त्रता र राजनीतिक नेताहरूको अभिव्यक्ति स्वतन्त्रताबीचको सन्तुलनमाथि बहस सिर्जना गरेको छ।

सामाजिक सञ्जालमा थापाको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा तीव्र बहस भइरहेको छ। यो मुद्दाको फैसलाले अदालत र राजनीतिक नेतृत्वबीचको सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस