२०८२ असार १७ गते, मंगलवार ०७:३०

काठमाडौं-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध दायर भएको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले निवेदकको तर्फबाट बहस गरेका छन् ।

गत आइतबार अधिवक्ता त्रयले थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । गत बिहीबार थापाले संवैधानिक आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दा पनि ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको टुङ्गो नलगाई सर्वोच्चले ढिलासुस्ती गरेको अभिव्यक्ति दिएका थिए ।

अधिवक्ताहरूले थापाको उक्त अभिव्यक्तिले सम्मानित सर्वोच्च अदालतको गरिमामा आँच पुर्‍याएको र अदालतको मर्यादालाई होच्याउने कार्य गरेको आरोप लगाएका छन् । मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने क्रममा थप विवरण आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस