२०८२ असार १७ गते, मंगलवार ००:२९

वीरगन्ज –

उच्च सरकारी वकिल कार्यालय, वीरगन्जले वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा रहेको साबिक वीरगञ्ज चिनी कारखानाको कित्ता नम्बर १३२३ को जग्गामा बनेका घरटहरा खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

सहन्यायाधिवक्ता कोष हरि निरौलाद्वारा जारी सूचनामा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ वैशाख २५ गतेको निर्णयअनुसार उक्त जग्गा उच्च सरकारी वकिल कार्यालय, वीरगन्ज र मातहतको जिल्ला सरकारी वकिल कार्यालय, पर्साको संयुक्त नाममा हस्तान्तरण भएको उल्लेख छ।

सूचनामा उक्त जग्गामा हाल केही व्यक्तिहरूले बसोबास गरिरहेको र कार्यालय भवन निर्माणका लागि संरचनात्मक डिजाइन, नक्सा र लागत अनुमान तयारीको काम तत्काल सुरु गर्नुपर्ने भएकाले घरटहरा हटाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरटहरा खाली गरी सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। अन्यथा, कानूनबमोजिम कारबाही गरी जग्गा खाली गराइने चेतावनी पनि दिइएको छ।

सूचनामा साबिकको मजडिहा पिप्रा वडा नम्बर २ मा रहेको कित्ता नम्बर ११३१ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा कित्ता नम्बर १३२३ कायम भएको र तत्कालीन वीरगञ्ज चिनी कारखाना खारेज भइसकेको उल्लेख छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस