२०८२ असार १७ गते, मंगलवार ०७:२९

वीरगन्ज-

सडक डिभिजन कार्यालय हेटौडाले त्रिभूवन राजपथ र महेन्द्र राजपथको सडक सीमाङ्कनका लागि नापी कार्यालय हेटौडालाई पत्राचार गरेको छ। त्रिभूवन राजपथको रातमाटेदेखि बुद्धचोक र महेन्द्र राजपथको बुद्धचोकदेखि राप्तीपुलसम्मको सडक सीमा नापजाँच गर्न कार्यालयले गत वैशाख ११ गते पत्र पठाएको हो।

सडक डिभिजन कार्यालयका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडकको दायाँ–बायाँ २५–२५ गज संरक्षण गर्न र सर्वोच्च अदालतका विभिन्न फैसलाहरू कार्यान्वयन गर्न सीमाङ्कन आवश्यक छ। कार्यालयले सडक सीमा नापजाँच गरी सरकारी सम्पत्ति संरक्षणमा सहयोग गर्न नापी कार्यालयलाई आग्रह गरेको छ।

यसैबीच, २०८१ फाल्गुन २८ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारविरुद्ध परेका पाँचवटा रिट खारेज गरेको थियो। यो फैसलाले त्रिभूवन राजपथको दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारको बाटो खुलेको छ।

सडक सीमाङ्कन र विस्तारको यो प्रक्रियाले वीरगञ्जको सडक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस