काठमाडौं-
स्थानीय सञ्चारमाध्यम र युद्ध अनुगमनकर्ताकाअनुसार सिरियाको राजधानी दमास्कसको पूर्वमा रहेको जरामाना क्षेत्रमा ड्रुज समुदायसँगको झडपमा मंगलवार सिरियाली सुरक्षा बलका दुई सदस्यसहित ६ जनाको मृत्यु भएको छ । शाम एफएम रेडियोले सुरक्षा स्रोतलाई उद्धृत गर्दै सुरक्षा बलहरू प्रत्यक्ष रूपमा झडपमा संलग्न नभएको तर सशस्त्र समूहहरू बीचको थप वृद्धिलाई रोक्न प्रयास गरेको बताएको छ ।
प्रतिवेदनमा हस्तक्षेपको क्रममा दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ । यसैबीच बेलायतमा आधारित युद्ध अनुगमनकर्ता सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सुरक्षा बलको गोलाबारी र आवासीय क्षेत्रहरूमा हल्का र मध्यम हतियारको प्रयोगको परिणामस्वरूप ड्रुज समुदायका चार जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको जनाएको छ । धार्मिक रूपमा आपत्तिजनक मानिने टिप्पणीहरू समावेश गरिएको ड्रुज व्यक्तिको अडियो रेकर्डिङ प्रशारित भएपछि झडप भएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार मार्चको शुरुमा जरमानामा सुरक्षा बल र स्थानीय बन्दुकधारीहरू बीच अशान्ति फैलिएको थियो । जसको परिणामस्वरूप एक जनाको मृत्यु भएको थियो भने अन्य पाँच जना घाइते भएका थिए ।