२०८२ असार १७ गते, मंगलवार ०४:३६

काठमाडौं –

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने एकीकरण कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

एकीकरणपछि बन्ने नयाँ पार्टीको नाम नागरिक जनमत रहने र यसको संरक्षकमा रेशम चौधरी रहने समझदारी भएको थियो । त्यस्तै, पार्टीको अध्यक्षमा जनमत पार्टीका नेता सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने तय भएको छ ।

पक्राउको कारणबारे प्रहरीले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । यो घटनाले एकीकरण कार्यक्रममा प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस