२०८२ असार १७ गते, मंगलवार १८:१७

पर्सा –

नेपाल र भारतबीचको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाउन दुवै देशका सीमा सुरक्षा अधिकारीहरूबीच भएको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ। अब सीमावर्ती क्षेत्रमा आवतजावत गर्न परिचयपत्र अनिवार्य गरिएको छ।

भारतको बिहारस्थित पश्चिम चम्पारणको तीनलालटेनमा हालै सम्पन्न बैठकमा दुवै देशका नागरिकले सीमा पार गर्दा पहिचान खुल्ने सरकारी परिचयपत्र बोक्नुपर्ने सहमति भएको हो। बैठकमा नेपालका तर्फबाट पर्सा र बाराका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र खुमबहादुर केसी सहभागी थिए भने भारतका तर्फबाट एसएसबीका ४४ र ४७ बटालियनका अधिकारीहरूले प्रतिनिधित्व गरेका थिए।

यो व्यवस्था भारतमा बढ्दो आतङ्कवादी गतिविधि, पाकिस्तानी नागरिकद्वारा सीमाको दुरुपयोग र बङ्गलादेशी नागरिकहरूको अवैध आवतजावत नियन्त्रण गर्न लागू गरिएको स्रोतले जनाएको छ। यसअघि हवाई र रेलमार्गमा मात्र परिचयपत्र अनिवार्य थियो, तर खुला सीमा र सीमावर्ती बजार क्षेत्रमा भने यस्तो बाध्यता थिएन। अब भने खुला सीमामा समेत परिचयपत्र देखाएर मात्र आवतजावत गर्नुपर्ने नियम लागू भएको छ।

यो निर्णयले सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षालाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस