काठमाडौँ –
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले श्रमीक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
बिहीवार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रमीकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको बताउनु भयो ।

उहाँले होटलमा कार्यरत श्रमीकहरुले १० प्रतिशतको कुरा गर्नुभएको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताउनु भयो ।
सांसद कोईरालाले श्रमीकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३र०६३ को आन्दोलन सफल हुन नसक्ने बताउनु भयो ।