काठमाडौँ –
पाकिस्तानी सूचना तथा प्रशारणमन्त्री अत्ताउल्लाह तरारले बुधवार चेतावनी दिनुभएको छ की भारतले आगामी २४ देखि ३६ घण्टा भित्र सैन्य हमलाको योजना बनाउनसक्छ । एक भिडियो वक्तव्यमा तरारले पाकिस्तानले भारत नियन्त्रित कश्मीरमा अवस्थित पहलगाममा भएको हालैको घटनासँग सम्बन्धित निराधार आरोपको आधारमा भारत सैन्य कारबाहीको तयारी गरिरहेको संकेत विश्वसनीय गुप्तचरबाट प्राप्त गरेको बताउनु भयो ।
उहाँले भारतको यस्तो कुनैपनि कदमलाई निर्णायक प्रतिक्रियाको सामना गर्ने उहाँले चेतावनी दिनुभयो । भारतीय मिडिया रिपोर्टहरूकाअनुसार यस महिनाको शुरुमा पहलगाममा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि दुई दक्षिण एशियाली छिमेकीहरू बीच तनाव बढेको छ । जसमा कम्तिमा २५ जनाको मृत्यु भएको थियो । भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन आरोपलाई इस्लामाबादले कडा रूपमा अस्वीकार गरेको छ ।