काठमाडौँ –
पाकिस्तानी सेनाको मिडिया शाखाका महानिर्देशकले भारतलाई पाकिस्तानभित्र आतंकवादको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको आरोप लगाउनुभएको छ । उहाँले भारत सरकारद्वारा प्रायोजित आतंकवादको गतिचिवधि संलग्न रहेको आरोप लगाउनुभयो । इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सका महानिर्देशक मेजर जनरल अहमद शरीफले पाकिस्तानी सुरक्षा बलले भारत–प्रशिक्षित आतंकवादीलाई पक्राउ गरेको र भारतीय सैन्य कर्मचारीहरूद्वारा सीमापार समन्वयको विस्तृत प्रमाणहरू पत्ता लगाएको बताउनु भयो ।
भारतीय अपरेटिभहरूद्वारा प्रशिक्षित एक पाकिस्तानी नागरिकलाई अप्रिल २५ मा पाकिस्तान–नियन्त्रित कश्मीरको बस स्ट्यान्ड नजिकै पक्राउ गरिएको थियो । संदिग्ध व्यक्तिसँग २.५ किलोग्राम विस्फोटक उपकरण, दुई मोबाइल फोन, भारत–निर्मित ड्रोन र १० लाख पाकिस्तानी रुपैयाँ नगद फेला परेको थियो । संदिग्धको मोबाइल उपकरणहरूको फोरेन्सिक विश्लेषणले एक जुनियर कमिसन अधिकारी र भारत–नियन्त्रित कश्मीरमा तैनाथ एक सेवारत मेजरसहित भारतीय सेनाका अधिकारीहरूसँगको कुराकानी गरेको फेला परेको बताउनु भयो ।