२०८२ असार १७ गते, मंगलवार १७:४७

काठमाडौँ –

दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यको एक मन्दिरमा उत्सव मनाउने क्रममा बुधवार पर्खाल भत्किँदा आठ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका छन् । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट लगभग ३९३ किलोमिटर उत्तरपूर्वमा रहेको विशाखापट्टनमको श्री वराहलक्ष्मी नरसिंह स्वामी मन्दिरमा वार्षिक चन्दनोत्सवम उत्सवको क्रममा यो घटना भएको हो । अधिकारीहरूका अनुसार भारी वर्षा र हावाहुरीले संरचनालाई कमजोर बनाएपछि २० फिट लामो पर्खाल ढलेको थियो ।

जसले गर्दा मन्दिरमा प्रवेश गर्न लाइनमा बसेका भक्तजनहरू पुरिएका हुन् । स्थानीय सरकारी अधिकारी विनय चानले सबै भग्नावशेष हटाइएको बताउनु भयो । घटनापछि अधिकारीहरूले तुरुन्तै राज्य विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई घटनास्थलमा उद्धार प्रयासहरू सञ्चालन गर्न र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ । अधिकारीहरूले पर्खाल भत्किनुको कारण बुझ्न घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस