वीरगन्ज-
वीरगन्ज महानगरपालिकाले कर्मचारी झुना महराको असामयिक निधनको शोकमा शुक्रबार शोक विदा घोषणा गरेको छ।अधिकृत स्तर छैठौं तहमा कार्यरत महराको वैशाख १८ गते निधन भएको थियो।
महानगरपालिकाले महराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। शोकमा शुक्रबार बिहान १०स्३० बजे महानगरपालिकाको प्रांगणमा नगर प्रमुखको उपस्थितिमा शोक सभा आयोजना गरिएको छ। सम्पूर्ण कर्मचारीलाई सभामा उपस्थित हुन अनुरोध गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अत्यावश्यक सेवाबाहेक सो दिन महानगरपालिकाका सम्पूर्ण सेवा बन्द रहने बताए। झुना महरा लामो समयदेखि महानगरपालिकामा इमानदारी र निष्ठापूर्वक कार्यरत थिए। उनको निधनले कार्यालयमा अपूरणीय क्षति पुगेको कर्मचारीहरूले बताएका छन्।
शोक सभामा कर्मचारी, जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरूले महराको योगदानको स्मरण गर्नेछन्। महराको निधनले वीरगञ्ज समुदायमा शोकको लहर छाएको छ। स्थानीयले उनको हँसिलो र सहयोगी स्वभावको प्रशंसा गर्दै निधनप्रति दुख व्यक्त गरेका छन्।
महानगरपालिकाले महराको परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।