२०८२ असार १७ गते, मंगलवार ०३:५२

काठमाडौं-

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे शुरू हुनेछ।

आईपीएलको अंकतालिकामा गुजरात टाइटन्स ९ खेलमा १२ अंकसहित चौथो स्थानमा छ। यता, समान ९ खेल खेलेको सनराइजर्स हैदराबाद ६ अंकसहित नवौं स्थानमा छ। गुजरातले यो सिजनमा सनराइजर्सविरुद्ध खेलेको अघिल्लो खेलमा ७ विकेटले जित हासिल गरेको थियो। हैदराबादलाई यो खेल जित्नैपर्ने दबाब छ किनभने हारले उसको प्लेअफ सम्भावना झनै कमजोर हुनेछ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस