२०८२ असार १७ गते, मंगलवार ०४:१४

काठमाडौं-

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा वातावरण र जलवायुमैत्री अभियानलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन्।

उनले नेपालको कार्बन उत्सर्जनलगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिए। मन्त्री शाहीले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई उच्च महत्व दिइएको उल्लेख गरे।

“वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौती सामना गर्न हामीले एकीकृत र प्रभावकारी कार्यक्रमहरू अघि सारेका छौं,” उनले भने। यो अभियानले दिगो विकास र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस