२०८२ असार १७ गते, मंगलवार १२:३१

काठमाडौं-

सरकारले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम संसदमा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो–भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गरिने बताउनु भयो । आइटी आधारित भूसूचना प्रणाली स्तरोन्नति गरी सेवा प्रवाहमा सुधार गरिनेछ ।

भूमिको नाप जाँच र तथ्याङ्क व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ । भूमिको उचित प्रयोग गर्न भू—उपयोग योजना कार्यान्वयन गरिनेछ । भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिनेछ । यसअघि सरकारले संसद नभएको बेला भूमि सम्बन्धि अध्यादेश ल्याएको थियो । संसदबाट पास गर्न मुस्किल भएपछि त्यसलाई फिर्ता लिएको थियो । फेरि आगामी वर्षमा भूमि विधेयक अघि बढाउने गरी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस