२०८२ असार १७ गते, मंगलवार ११:४२

काठमाडौं-

सरकारले नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने भएको छ ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । उहाँले समस्याग्रस्त सहकारीका साना वचतकर्ताका लागि सहकारी नियमन प्राधिकरणमार्फत कोष खडा गरिने बताउनु भयो ।

उहाँले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने बताउनु भयो । उहाँले गरिबी निवारणमा सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भयो । राष्ट्रपति पौडेलले समाजमा विपन्न परिवारलाई राज्यले दिने सेवासुविधामा पहुँच बढाउने सरकारको नीति रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस