२०८२ असार १७ गते, मंगलवार ०१:१९

काठमाडौं-

प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाउनु भयो ।

उहाँले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको आरोप लगाउनु भयो । आम जनता पार्टी (आजपा) का अध्यक्ष समेत रहनुभएका साहले नीति तथा कार्यक्रमले धर्मराइरहेको आशालाई जीवित गर्नुको सट्टा चिसो पानीमा खनाएको जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले यो नीति तथा कार्यक्रमले नेपाली जनतालाई उत्साहित गर्न नसक्ने समेत जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस