२०८२ असार १७ गते, मंगलवार १०:००

काठमाडौं–

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस