पर्सा-
मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार सार्वजनिक विदा घोषणा गरेको छ। मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै जानकी नवमी (सीता जयन्ती) को अवसरमा सो दिन विदा दिने निर्णय गरेको जनाएको छ।
यसैगरी, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा पनि प्रदेशभर सार्वजनिक विदा दिइने मन्त्रालयले उल्लेख गरेको छ।