२०८२ श्रावण १३ गते, मंगलवार २२:५०

काठमाडौं –

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिका साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभइ आय आर्जन गर्नसक्ने किसिमको हुनुपर्ने बताउनु भयो । उहाँले आवासमा बस्नका लागि मात्रै अब मानिसहरु नजाने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताउनु भयो ।

आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै व्यवस्थित बस्ती विकास हुने जिकिर गर्नुभयो । सिमेन्ट, रडको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोगबाट वातावरणमैत्री भवनहरु निर्माण गर्दा फाइदा हुने उहाँको भनाइ छ । उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्युनतम आधारहरु राखेर जग्गा विकास गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

पोडकास्ट सुन्नुहोस