२०८२ चैत्र ५ गते, बिहीबार ०४:३०

सरकारलाई प्रतिनिधि सभाको निर्देशन– प्रिशा साहको निधनबारे सत्य तथ्य पत्ता लगाउनू

काठमाडौं –

प्रतिनिधि सभाले भारतको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको निधनबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएको छ ।

सभाको सोमवारको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा सांसदहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा नेपाली विद्यार्थीको मृत्युको विषयमा आवाज उठाएका थिए । सभामुख घिमिरेले केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी साहको निधनबारे सांसदहरूले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।

उहाँले उज्यालो भविष्यको सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीको एकपछि अर्को मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न रहेको जिकिर गर्नुभयो । उहाँले सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देशन दिनुभएको हो । उहाँले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा गर्न-गराउन आवश्यक व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिनुभएको छ ।

पोडकास्ट सुन्नुहोस