काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको गोरखापत्रले स्वन्तन्त्रापूर्वक पत्रकारिता गरिरहेको बताउनुभएको छ ।
बुधवार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको बताउनु भयो । उहाँले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताउनु भयो ।

पुरानो समयमा सम्पादकीय लेख्ने सम्पादकहरुनै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको बताउनु भयो । उहाँले पत्रकारले व्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था रहेको बताउनु भयो । गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।