२०८२ असार १७ गते, मंगलवार ०४:४५

काठमाडौं-

आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ।

चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो अवसर हो। टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पूरा गर्‍यो। कप्तान एमएस धोनी १७ रन बनाएर अविजित रहे।

डेवाल्ड ब्रेभिसले २५ बलमा ५२ र शिवम दुबेले ४० बलमा ४५ रन बनाए। उर्भिल पटेलले ११ बलमा ३१ रन जोडे। कोलकाताका वैभव अरोराले ३ विकेट लिए भने हर्षित राना र वरुण चक्रवर्तीले २-२ विकेट हात पारे।

इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर ब्याटिङ रोजेको थियो र २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो। कप्तान अजिंक्य रहाणेले ४८, आन्द्रे रसेलले ३८ र मनिष पाण्डेले अविजित ३६ रन बनाए। चेन्नईका नूर अहमदले ४ विकेट लिए र खेलको प्लेयर अफ द म्याच चुनिए।

यो जितसँगै चेन्नईले सिजनको तेस्रो खेल जितेको छ। १२ खेलपछि ६ अंकसहित टोली तालिकाको पुछारमा छ। यता, कोलकाताले १२ मध्ये ६ खेल जितेर ११ अंकसहित छैटौं स्थानमा छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस