२०८२ असार १७ गते, मंगलवार ०७:११

काठमाडौं-

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताउनुभएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश अहिले आर्थिक र विकासको हिसावले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताउनु भयो ।

उहाँले रोजगारी नहुँदा बेरोजगार युवाहरू विदेशीन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरे पनि अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण बनाएको जिकिर गर्नुभयो । उहाँले विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट देखिएको धारणा राख्नुभयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रमले जनताको उत्साह जगाउनुको साटो निराशा थपेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस