२०८२ असार १७ गते, मंगलवार ०३:१२

काठमाडौं-

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले कुष्ठरोग सम्बन्धी व्यापक रणनीति बनाउन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयले कुष्ठरोगीलाई औषधि र उपचारको मात्रै व्यवस्था गरेर नपुग्ने भन्दै उहाँले कुष्ठरोगको सम्बन्धमा विशेष रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता र जीवनस्तर र सार्वजनकि निर्णय प्रक्रियामा सहभागिता हुने समावेशिताको सिद्धान्त कुष्ठरोगबाट निको भइसकेका व्यक्तिहरुलाई समावेश गर्न जरुरी रहेको बतउनु भयो । उनीहरुलाई स्थान दिएमात्रै उनीहरले आत्मसम्मान पाउने र आत्मविश्वास जाग्ने बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठरोगीले म कुष्ठरोगी हुँ भन्नेकुरा गर्वका साथ भन्नसक्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस