२०८२ असार १६ गते, सोमबार १९:४६

काठमाडौं-

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले राजसहितको प्रजातन्त्र पुनस्र्थापित हुने दाबी गर्नुभएको छ ।

बिहीवार राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालले छिट्टै राजासहितको प्रजातन्त्र र संवद्र्धनवादी राजनीतिक नेतृत्व विश्वमाँझ प्रश्तुत गर्ने जिकिर गर्नुभयो । उहाँले आफूहरुले १८ वर्षदेखि देशलाई बलियो बनाउन राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको बताउँदै आएको बताउनु भयो ।

उहाँले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक छ भन्नेहरु अहिले राष्ट्रिय झण्डामुनी गोलवद्ध भएर आन्दोलनको जग बसालेको बताउनु भयो । राजाले गद्दी त्याग गरेर सुख नपाउने भन्दै उहाँले देश रक्षाको स्वार्थका लागि पनि राजसंस्था अवश्यक भएको बताउनु भयो । राजासहितको प्रजातन्त्रको सुनौलो इतिहास रच्दै प्रजातन्त्रलाई थप सुदृढ बनाइने उहाँको भनाइ छ ।

अध्यक्ष विष्टले देशको माया हुने सबैले आन्दोलनमा भाग लिएर सफल गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस