२०८२ असार १७ गते, मंगलवार ०१:२५

काठमाडौं-

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पार्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले चौधरीको पक्राउबारे स्पष्ट पार्नुभएको हो । उहाँले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा यो घटना हुन पुगेको बताउनु भयो । उहाँले यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझै उक्त घटनामा पनि सही नियतले कानूनको कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूवाग्रह नरहेको बताउनु भयो ।

उहाँले भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको समेत जिकिर गर्नुभयो । साथै, अनधिकृत रुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उहाँले जानकारी गराउनु भयो ।

उहाँले उक्त घटनाले चौधरी, परिवारमा पर्न गरेको असहजताप्रति क्षमा माग्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस