२०८२ फाल्गुन ४ गते, सोमबार ११:२४

पोखरिया नगरपालिकामा राष्ट्रिय मुक्ति पार्टी नेपालको भण्डाफोर अभियान जारी, माग सुनुवाइ नभएकोमा आक्रोश

वीरगन्ज –

राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्सा जिल्लाको पोखरिया नगरपालिकामा आफ्नो भण्डाफोर अभियानलाई तीव्रता दिएको छ। पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीद्वारा जारी विज्ञप्ति अनुसार, गत २०८१ कात्तिक ५ गते नगर प्रमुखलाई बुझाइएको सात बुँदे माग पत्रको सुनुवाइ नभएपछि यो अभियानलाई निरन्तरता दिइएको हो।

पार्टीले राखेका मागहरूमा सम्पत्ति कर फिर्ता, कर्मचारीलाई समयमै तलब, ठगी धन्दा बन्द, ठेकेदारलाई भुक्तानी, जग्गाधनीको जग्गा सुरक्षा, स्वास्थ्य बिमा गराएका नागरिकलाई सहज औषधि वितरण र मधेश आन्दोलनका शहीद बीरबल मुखिया बिन तथा चंदन पटेलको नाममा शहीद पार्क निर्माण समावेश छन्।

शमानीले नगरपालिकाले मागहरूको सम्बोधन नगरेकोमा गम्भीर आपत्ति जनाउँदै भने, “हामीले शान्तिपूर्ण रूपमा जायज माग राखेका थियौं, तर सुनुवाइ नहुँदा जनताको बीचमा गएर भण्डाफोर अभियान चलाउन बाध्य भयौं।”

राष्ट्रिय मुक्ति पार्टीले माग पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएको छ। यो अभियानले नगरपालिकामाथि दबाब सिर्जना गरी नागरिकका समस्या सम्बोधन गर्न बाध्य पार्ने अपेक्षा गरिएको छ। स्थानीय नागरिकहरूले पनि यो घटनाक्रमलाई चासोका साथ हेरिरहेका छन्।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस