२०८२ असार १७ गते, मंगलवार ०४:४४

काठमाडौं –

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।

मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै बिरोधका लागि मात्रै बिरोध नगर्न सचेत गराउनु भयो । उहाँले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि बताउनु भयो ।

नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानून मान्नैपर्ने बताउनु भयो । मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने बताउनु भयो । साइबर क्राइम नियन्त्रण गर्नेकुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस