२०८२ असार १७ गते, मंगलवार ०४:०४

काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय केही छाँटकाँट गरेर प्रश्तुत गरिएको आरोप लगाउनुभएको हो ।

उहाँले सिद्धान्त र प्राथमिकता हेर्दा बजेट फेरिपनि भुँइमान्छे र आधारभुत वर्गको पक्षमा आउने विश्वास गर्न नसकिने स्पष्ट पार्नुभयो । सांसद ज्वालाले नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेर्दा बजेट फेरिपनि दलाल, भूमाफिया, कालाबजारी र सम्पूर्ण रुपमा दलाल पुँजीपतिको हित र स्वार्थमा केन्द्रित भएर आउनसक्ने दाबी गर्नुभयो । बजेटका प्राथमिकताहरु हेर्दा उत्साह, उर्जा र जनमुखी या उत्पादन र रोजगारी सिर्जना गर्ने खालको आउँछ भन्ने नदेखिएको उहाँको भनाइ थियो ।

उहाँले बजेटले आर्थिक सुधार, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासलगायतका विविध विषयमा सम्पूर्ण स्रोत साधन र सामथ्र्यको परिचालन गर्नु जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस