२०८२ असार १७ गते, मंगलवार ०७:०१

काठमाडौं—

नेकपा (एमाले) का सांसद पदम गिरीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले जनतामा रहेको तिब्र विकासको हुटहुटीलाई सम्बोधन गर्नेगरी सिद्धान्त र प्राथमिका आएको बताउनु भयो । बजेट निर्माणका सम्बन्धमा सरकारले विगतको अभ्यास दोहो¥याने नभई बे्रकथ्रू गर्न खोजेको सांसद गिरीको भनाइ छ ।

उहाँले विगतमा बजेट बिना तयारी ल्याइने, लगानीको स्पष्ट खाका नबनाइने र खर्च गर्न नसकिने अवस्थाले पूँजीगत खर्च न्युन हुने स्थिति निर्माण भएको उल्लेख गर्दै यसमा सरकार गम्भिर बन्नुपर्ने समेत बताउनु भयो । उहाँले सरकारलाई पूँजीगत खर्च वृद्धि गर्न स्पष्ट कार्ययोजना बनाउन, प्राथमिकता आधारित आयोजना छनोट गर्न र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीतिका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।

लोकरिझ्याइँका लागि नभई मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ संकल्पका साथ सरकार उभिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस