२०८२ असार १७ गते, मंगलवार ००:२०

काठमाडौँ-
काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दारमाथि कुटपिट गरेको घटना बुधबार सार्वजनिक भएको छ। सडकमै भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसमा साहले सहायक हवल्दारलाई चड्कन हानेको देखिन्छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले एक संचारमाध्यमलाई जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको बताए। उनले भने, “त्यहाँ कार्यरत इन्स्पेक्टर र जुनियर प्रहरीबीच विवाद भएको देखिन्छ।” कुटपिटमा परेका सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत रहेको र इन्स्पेक्टर साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख भएको जानकारी दिइएको छ।

साहले आफ्नो कमाण्डमा जानकारी गराएअनुसार सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटिएपछि उनले कुटपिट गरेको दाबी गरेका छन्। घटनापछि थप अनुसन्धानका लागि आवश्यक कारबाही अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस