२०८२ असार १७ गते, मंगलवार ००:२०

काठमाडौं—

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गर्नुभयो । निर्वाचन प्रणाली नभइ आफ्नो सोचनमा परिवर्तन गर्न आग्रह गर्नुभयो । उहाँले बाँडफाँडको आधारमा नभइ शक्तिको आधारमा सरकारका निकायहरुमा व्यक्तिहरुको भर्ना हुने गरेको बताउनु भयो । उहाँले संसदीय व्यवस्था स्वीकार गर्नुको विकल्प नरहेको बताउनु भयो ।

सांसद ढुंगानाले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै काम बेठिक भन्ने सोच राख्न नहुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस