२०८२ असार १७ गते, मंगलवार ००:१९

काठमाडौं—

नेकपा एमाले केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यले छलफल शुरु गरेको छ ।

बुधवार काठमाडौंमा सगमाथा संवादको स्थानीयकरणःजलवायु शक्तिकरण र विपद् न्युनिकरणको लागि राजनीतिक प्रतिवद्धत कार्यक्रमको आयोजना गर्दै विभागले सगरमाथा संवादलाई सफल बनाउने उद्देश्यबाट छलफल शुरु गरेको बताएको हो । छलफलका क्रममा बोल्दै एमाले नेता खिमलाल भट्टराईले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि पनि सगरमाथा संवाद महत्वपूर्ण हुने बताउनु भयो ।

विभागले गरेको छलफलबाट आएका निष्कर्षहरु सरकार सुझाव स्वरुप दिने पनि जानकारी गराउनु भयो । उहाँले जलवायु परिवर्तनका कारणले उत्पन्न भएका नकारात्मक प्रभाव, समाधानका उपायका बारेमा छलफल हुने बताउनु भयो । कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विपद् भन्दा अगाडिको पूर्वतयारी, विपद् जोखिम न्युनिकरणको काममा आवश्यक काम हुन नसकेको बताउनु भयो ।

उहाँले आपत्कालीन उद्धार र राहतमा नेपालले उत्कृष्ट काम गरेको पनि बताउनु भयो । उहाँले यसमा तीन तहकै सरकारले आवश्यक समन्वय गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले विकासको काम गर्दा जलवायुको असरबारे पनि सोच्न जरुरी रहेको बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा प्रभाव परिरहेको बताउनु भयो । त्यसबाट कसरी बच्ने भन्ने योजना बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । तनि तहकै सरकारले स्पष्ट खाका र योजना बनाएर अघि जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस