२०८२ असार १७ गते, मंगलवार ००:१८

काठमाडौं—

नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले तीन वटै सरकारले वातावरण सिर्जना गरिदिए समृद्धिको बाटोमा जानसक्ने आधारहरू रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२र०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा धेरै सम्भावना रहेको बताउनु भयो । देशमा ७र८ वटा केही विषयहरूलाई मात्रै प्राथमिकता राख्ने हो भने पनि आगामी दश वर्षमा कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैभन्दा बढी स्रोत ल्याउने हाइड्रोपावर क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले पर्यटन, कृषि, आइटी, स्वास्थ्य, शिक्षा, वन्य जन्य जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले नेपाल प्राकृतिक स्रोतहरूको धनी देश भएको बताउँदै पानी मात्रै बेच्न सके पनि आम्दानी हुने जिकिर गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहले लगानीको वातावरण सिर्जना गरे मात्रै यो सम्भव हुने धारणा राख्नुभयो । उहाँले केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको बताउँदै हातखुट्टा बाँधेर कुनै प्रगति गर्न नसकिने बताउनु भयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहदेखि सोच र मानसिकता परिवर्तन गर्नुपर्ने बताउँदै स्रोतलाई बढीभन्दा बढी परिचालन गर्नेमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस