२०८२ असार १६ गते, सोमबार १४:१५

काठमाडौं—

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले आफ्नै कार्यसमिति र प्रदेशको साधारण सभाका सदस्यले आपूmमाथि ल्याएको अविश्वासको प्रश्ताव नियोजित रहेको आरोप लगाएका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघको १४ सदस्यीय कार्यसमितिमध्ये ११ जना र ४० जना प्रदेश प्रतिनिधिमध्ये ३३ जनाले अध्यक्ष सञ्जयमाथि अविश्वासको प्रश्ताव दर्ता गराएका थिए । उनीहरूले वर्तमान अध्यक्ष सञ्जय गुरुङले अनिमियतता गरेको, खेलाडीसमेत रहेका आफ्नै छोरालाई प्रदेश कमिटीले प्रदान गर्ने सेवा सुविधा दिलाएको र प्रदेश कमिटी राम्रोसँग अगाडि बढाउन नसकेको आरोप लगाउँदै विशेष साधारण माग गरेका हुन् । क्यानको विधानमा उल्लेख भएअनुरूप चेकमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य भएपनि अध्यक्ष गुरुङले मनोमानी गर्दै दुई व्यक्तिको हस्ताक्षर गरेर काम गरिरहेको ती सदस्यहरूको आरोप छ । सोही कारणले उनीविरुद्ध अविश्वास प्रश्ताव दर्ता गर्दै आगामी जेठ २ गते लुम्बिनी प्रदेशको साधारण सभा कपिलवस्तुमा गर्ने निर्णय गरिएको छ ।

तर प्रदेशका अध्यक्ष गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि नियोजित ढंगले प्रश्ताव ल्याइएको आरोप लगाएका छन् । आफूविरुद्ध आएको अविश्वासको प्रस्ताव र प्रक्रिया अवैधानिक रहेको उनको आरोप छ । ती प्रस्तावविरुद्ध कानूनी उपचारसमेत खोज्ने उनले बताएका छन् । गुरुङले अविश्वास प्रस्तावको प्रक्रिया अवैधानिक रहेको र त्यसलाई रोक्नका लागि राष्ट्रिय खेलकुद परिषदमा पनि निवेदन दिएको उल्लेख गरेका छन् । तर नेपाल क्रिकेट संघ ९क्यान० ले भने गुरुङलाई निलम्बन गरेर विशेष साधारणसभाको प्रक्रिया अगाडि बढाएको छ । त्यो निर्णयमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको हात रहेको उनले आरोप लगाएका छन् ।

क्यान अध्यक्ष चन्दले एकलौटी तरिकाले आफ्नो स्वार्थअनुकुल संघ चलाएको उनको आरोप छ । आपूmमाथिको अविश्वास प्रश्ताव ल्याउनका लागि आधारका मानिएको प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ नै अवैधानिक रहेको उनको आरोप छ । तर, बिधानमा भने एक तिहाईले अविश्वासको प्रश्ताव ल्याउन पाउने प्रावधान रहेको उनको स्वीकारोक्ती छ । विनियमावालीमा भने दुई तिहाईले अविश्वासवको प्रस्ताव ल्याउन पाउने उल्लेख छ । तर यो उनका लागि आकर्षित नहुने अध्यक्ष सञ्जय गुरुङको आरोप छ । क्यानको साधारण सभाले प्रादेशिक क्रिकेट संघ विनियमावली २०८० पास गरिसकेको अवस्थामा अचानक अध्यक्षले नयाँ विनियमावली ल्याएर क्यान कब्जा गर्न खोजेको उनको आरोप थियो ।

‘एउटा प्रदेशको अध्यक्षलाई निलम्बन गर्ने, अविश्वासको प्रस्तावमाथि निर्णय गर्ने साधारणसभा बोलाउने जस्ता विषयमा कार्यसमितिमा छलफल हुनुपर्दैन रु अध्यक्षले एकलौट रूपमा गर्न मिल्छ रु नेपाल क्रिकेट संघ कसरी चलिरहेको छ,’ उनले प्रश्न गरे ।

अध्यक्ष चन्दले क्यान कब्जा गर्ने रणनीतिअनुसार पहिला सुदूरपश्चिम प्रदेश क्रिकेट संघमा अध्यक्ष विरुद्ध कार्यसमितिका ११ जनालाई राजीनामा गराएको र त्यसपछि लुम्बिनीमा पनि अध्यक्ष फेर्ने षडयन्त्र थालेको गुरुङको दाबी थियो । लुम्बिनीमा क्यान अध्यक्ष चन्द आफैले सबै जिल्ला पुगेर सदस्यहरुलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गराएको गुरुङले जिकिर गरे । ‘क्यानको अध्यक्ष आफैले गएर जिल्लामा साथीहरुलाई उकास्ने काम गर्नुभयो । साथीहरुले मसँग सबै कुरा गरेका छन्,’ उनले भने ।

नेपाली क्रिकेटलाई सही बाटोमा फर्काउने प्रयासस्वरूप आफूले अवैधानिक क्रियाकलापहरूको विरोध गरेको उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदले जेठ ३ गतेलाई तय गरिएको विशेष साधारणसभा रोक्ने विश्वास व्यक्त गर्दै उनले थपे, ‘परिषदबाट न्याय पाइन भने अदालत जान बाध्य हुनेछु ।’ क्यानमा साधारणसभाले र कार्यसमितिले गर्नुपर्ने काम पनि अध्यक्ष चन्दले कसैलाई थाहा नदिई आफूखुसी गरिरहेको उनको दाबी छ । आपूmविरुद्ध आएको अविश्वासको प्रस्ताव स्वाभाविक नभएको उनी बताउँछन् । ‘यो कुनै पनि हालतमा स्वाभाविक छैन । अध्यक्षज्यूले साथीहरूलाई जबरजस्ती गर्न लगाउनुभएको छ ।

मविरुद्धको अविश्वास प्रस्ताव मैले फेस गर्न पाउनुपर्ने थियो । तर पहिल्यै मलाई निलम्बन गरेर साधारणसभा बोलाउनुभएको छ । अनि यति गम्भीर विषयमा निर्णय गर्दा कार्यसमितिको बैठक समेत बस्नुभएको छैन,’उनले भने ।

प्रतिक्रिया

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस