काठमाडौँ-
सुएज नहर प्राधिकरणले बिहीवारदेखि ठूला कन्टेनर जहाजहरूको लागि ट्रान्जिट शुल्कमा १५ प्रतिशत छुटको घोषणा गरेको छ । जसको उद्देश्य लाल सागरमा सुरक्षा अवस्था सुधार हुँदै जाँदा प्रमुख ढुवानी लाइनहरूलाई जलमार्गमा फर्कन प्रोत्साहित गर्नु हो । एसिए अध्यक्ष ओसामा राबीकाअनुसार यो छुट १ लाख ३० हजार टन वा सोभन्दा बढी नेट टनेज भएका कन्टेनर जहाजहरूमा लागू हुन्छ ।
सुएज नहर इजिप्टको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारको लागि महत्वपूर्ण छ । विश्व व्यापारको लगभग १२ प्रतिशत यस रणनीतिक जलमार्गबाट गुज्रन्छ । यद्यपि क्षेत्रीय तनाव, विशेष गरी लाल सागरमा हुथी आक्रमणका कारण, नहरको राजस्वमा उल्लेखनीय गिरावट आएको छ ।