२०८२ श्रावण ६ गते, मंगलवार ०१:५३

काठमाडौँ—

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले राज्यका निकायहरूले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरुजुको रकम बढ्दै गएको औंल्याए।

सांसद गैरेले महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनलाई उद्धृत गर्दै हालसम्मको कुल बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको बताए। उनले यही अवस्थामा बेरुजु बढ्दै गए मुलुकको आर्थिक अवस्था कठिन हुने चेतावनी दिए। “महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ। यही हिसाबले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौं ? आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेरुजु भएको छ,” उनले भने।

उनले विभिन्न क्षेत्रमा रहेको बेरुजुको विवtransposeरण प्रस्तुत गर्दै संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख र समिति तथा अन्य संघसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बेरुजु रहेको उल्लेख गरे।

सांसद गैरेले बेरुजु नियन्त्रणका लागि सरकारले ठोस नीति र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस