काठमाडौँ —

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरु दलीय चक्रव्युहमा फसाएर राजनीतिक दलहरुले आफ्नो स्वार्थअनुकुल प्रयोग गरेको आरोप लगाउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले राज्य संरचनाहरु चक्रव्युहमा फसाएर नीहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भएपनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताउनुभएको हो । उहाँले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भुल भइरहेको बताउनु भयो । आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने बताउनु भयो । विगतमा पनि दलीयकरणको वाछिटा राष्ट्र बैंकमा परिसकेको बताउँदै सांसद ढकालले राजनीतिक बाछिटाबाट उत्पन्न परिस्थिति सबैले देखेको स्मरण गराउनु भयो । उहाँले दलहरुले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरुले गरिरहेको अभ्यास निन्दनीय भएको बताउनु भयो ।
उहाँले विगतमा राष्ट्र बैंकमा दलीयकरणको प्रभावले पारेको असरबारे सिंगो सदनमा बहस गर्न माग गर्नुभयो ।