२०८२ पुष २७ गते, आईतवार १४:०३

माधव नेपाल: गणतन्त्रमाथि खतरा बढ्यो, प्रतिगामी तत्त्वविरुद्ध एकजुट हुनुपर्छ

काठमाडौं –

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढेको बताएका छन्। शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनताले उखेलेर फालेका प्रतिगामी तत्त्वहरूले पुनः टाउको उठाउने प्रयास गरिरहेको भन्दै त्यसविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनले जनतालाई मुक्ति प्रदान गरेको र समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरूले नसक्ने दाबी गरे। उनले कम्युनिष्ट आन्दोलनमा देखिएका विकृति र विसंगतिहरूसँग जुध्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए।

“आज जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय हत्याको स्मृति दिवस हो। उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु,” उनले भने, “उहाँहरूले देखाएको बाटोमा हामी अघि बढौँ। समाजवादको सपना कम्युनिष्ट पार्टीबाहेक अरूले पूरा गर्न सक्दैन।”

उनले कम्युनिष्ट आन्दोलनलाई मुलुकको परिस्थितिअनुसार अघि बढाउन छलफल आवश्यक रहेको बताए। “हाम्रा कमी–कमजोरी स्वीकार्दै, आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ। जनताको पिरमर्कासँग जोडिएर असमानता र कुरीतिविरुद्ध लड्न सकियो भने मात्र पार्टीको आन्दोलनको औचित्य हुन्छ,” उनले थपे।

अध्यक्ष नेपालले लोकतन्त्रमाथि चुनौती बढेको र प्रतिगामी तत्त्वहरूलाई निस्तेज पार्न आफ्नो पार्टी आन्दोलनमा रहेको उल्लेख गरे। “हाम्रो देशको विशेषता बुझेर क्रान्तिकारी सोचका साथ कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन हामी प्रतिबद्ध छौँ,” उनले भने।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस