२०८२ असार १७ गते, मंगलवार ११:३१

काठमाडौं–

देशको स्थायी निर्वाचन प्राधिकरणद्वारा प्रकाशित नतिजाअनुसार बुखारेस्टका मेयर तथा स्वतन्त्र उम्मेदवार निकुसर डान रोमानियाको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी जर्ज सिमियनलाई पराजित गर्नुभयो । डानले ५४.१७ प्रतिशत मत प्राप्त गर्नुभयो भने एलायन्स फर द युनियन अफ रोमानियान्सका नेता सिमियनले ४५.८३ प्रतिशत मत प्राप्त गर्नुभयो । चुनावी अनियमितता र विदेशी हस्तक्षेपको आरोपका कारण २०२४ को नतिजा रद्ध भएपछि आयोजित पुनः राष्ट्रपति चुनावको यो मतदानले निष्कर्ष निकालेको छ ।

५५ वर्षीय डानले कानूनको शासन सुधारलाई बलियो बनाउने, युक्रेनको लागि सैन्य र कूटनीतिक समर्थन कायम राख्ने र पश्चिमसँग रोमानियाको सम्बन्धलाई गहिरो बनाउने प्रतिवद्धता जनाउनु भये ।
३८ वर्षीय सिमियनले मे ४ मा भएको पहिलो चरणको चुनावमा ४०.९६ प्रतिशत मतसहित अग्रता लिनुभएको थियो । जुन डानको २०.९९ प्रतिशतभन्दा अगाडि थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस